गुल्मी / गुल्मीमा शुक्रबार राति भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।
जिल्लाको रेसुड्डा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा चालक रेसुड्डा नगरपालिका–१२ का तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । अटोमा सवार घाइते ४ जना मध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।
दुर्घटनाको थाहापाएपछि नजिकै रहेको शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका प्रहरी निरिक्षक नारायणप्रसाद सेढाईसहितको प्रहरी टोलीले उद्घार गरेका थिए ।
गुल्मीमा अटो दुर्घटना, एक जनाको मुत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
