May 20, 2024

मकवानपुर प्रहरीद्वारा राक्सिराङका १५ बिगाह गाँजा खेती नष्ट

December 19, 2020

हेटौँडा / मकवानपुर प्रहरीले विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा अवैध रुपमा लगाइएको गाँजा फडानी गरेको छ । राक्सिराङ गाउँपालिका वडा नम्बर ३ को लावती सहितको १५ बिगाहमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रनाउ रानाका अनुसार गाँजा फडानीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारी र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जनाको संयुक्त रुपमा गाँजा फडानी गरेको हो ।
केही दिन अघि प्रनाउ रानाको नेतृत्वमा राक्सिराङ गाउँपालिकाको विभिन्न स्थानको २२० बिगाहमा लगाएको गाँजा खेती नष्ट गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -