२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

संसद विघटन हुनुका ७ वटा कारणहरु – प्रचण्ड–माधव मुख्य दोषी

प्रकाशित मिति : २०७७ पुष ६ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपाल सरकारको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार संघिय संसदलाई विघटन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण संसद नै विघटनको अवस्था सिर्जना भएको हो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको गुटले सरकारलाई हात खुट्टा बाँधेर राख्न खोजेको भन्दै संसद विघटनको अवस्थामा पुगेको छ ।
प्रचण्ड–माधव गुटले संसदको विशेष अधिवेशन आव्हान गरी प्रधानन्त्रीलाई अविस्वासको प्रस्ताव तथा राष्ट्रपतिलाई महाअभियोग लगाई कुर्सीको लडाई गरेपश्चात प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा संसद विघटन गरी निर्वाचनको मिति समेत सार्वजनिक भइसकेको छ । जसमा आगामी २०७८ बैशाख १७ गते पहिरो चरण तथा २७ गते दोस्रो चरणमा निर्वाचन गर्ने मिति सार्वजनिक गरिएको छ ।
संसद विघटन हुनका मुख्य ७ कारणहरु ः
१. आफ्नो पार्टी अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अबिस्वासको प्रस्ताव ल्याउने तयारी,
२. आफ्नै पार्टीको राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र,
३. प्रतिपक्ष पार्टीले लगाउन नसकेको मनगडन्ते आरोपरअभियोग पार्टी भित्रबाट हुनुरगर्नु
४. आफ्नै पार्टी नेतृत्व सरकार विरुद्ध तथ्यहिन आरोप असाधारण प्रकृतिको मिडियाबाजी हुनु / गर्नु
५. पार्टी बैठकमा कोरोना माहामारी, समृद्ध राष्ट्र निर्माण, पार्टीको आम हितको एजेण्डाभन्दा मलाई यो भएन र पुगेन भन्ने सौदा बाजिको बहुमतको धाक लागाउने,
६. सरकारको विरुद्ध बहुमतको नाममा कुनै पनि निर्णय हुन नदिने, सधैं असहयोग गर्ने,
७, जस्तै जस्तै प्रबृत्तिहरुको कारण, ‘हलो अड्काएर गोरु कुट्ने’ भन्ने कथा सत्य सावित बनाएको कारण बाध्यताबस सांसद विघटन भएको हो ।
–कालिका दैनिकबाट ।

- ADVERTISEMENT -