May 20, 2024

चितवनमा बालिका बलात्कारका घटना बढ्दो : इन्सेक

December 21, 2020

–सुरक्षा न्यौपाने
चितवन । चितवन जिल्लामा बालिका बलात्कारका घटना यो वर्ष सबैभन्दा बढी देखिएको छ । जिल्लामा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटना, वर्षभरिको घटनाहरुको समिक्षा गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा उक्त घटना देखिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हरेक वर्ष प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु समेत समावेश गर्ने गरेको छ ।
२०७६ पुस १७ देखि ०७७ मंसिरसम्म संकलन भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बारे कार्यक्रममा इन्सेक प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए । प्रतिवेदनमा बालिका बलात्कारका ३६, महिला बलात्कार १५, बालिका बलात्कार प्रयास ५, महिला बलात्कार प्रयास ७ ओटा घटना रहेका छन् ।
यसैगरी हत्या ४ महिला ९ पुरुषमा (एक) डेढ वर्षिय बालक र बाल यौन दुव्र्यवहार ६ बालिका घटना रहेको छ । बहुविवाहमा १४ महिला आत्महत्या दुरुत्साहनमा ३ महिला, मानव बेचबिखनमा ४ महिला, बम बिस्फोट १ पुरुष, हात हतियार १ पुरुष र राज्य बिरुद्ध अपराध ५ पुरुष रहेको मानवअधिकार वर्ष पुस्तकका लागि इन्सेकले जानकारी गराए ।
समीक्षा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मुना श्रेष्ठले मानव अधिकार संरक्षणका लागि प्रहरी, महिला अधिकारकर्मी, संचारकर्मी र र मानव अधिकारकर्मीहरुको सामुहिक प्रयास आवश्यक रहेको बताए । उनले अपराधका घटनाहरु प्रति सबैले बिरोध गर्नुपर्ने र अपराधका घटनाहरु लुकाउन नहुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका सेवा केन्द्रका प्रतिनिधि, यौनहिंसा विरुद्ध साझा अभियानकी सहसंयोजक महिला अधिकारकर्मी संगिता भट्टराई, मानवअधिकारकर्मी राजेन्द्र पौडेल लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -