May 18, 2024

असन्तुष्ट सांसदहरूद्वारा हस्ताक्षर संकलन

December 21, 2020
Photo : Temalonline.

काठमाडौं / प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा नेताहरुले हस्ताक्षर संकलन गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका असन्तुष्ट सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका हुन् ।
हस्ताक्षर कार्यक्रममा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै त्यसको विरोध भइरहेका बेला प्रचण्ड– नेपाल पक्षका सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् ।
नेकपा सांसद पम्फा भूषालले प्रधानमन्त्री ओलीले संविधान विपरीत कार्य गरेकाले त्यसको विरुद्ध हस्ताक्षर संकलन गरिएको जानकारी दिइन् । आइतबार बिहान प्रतिनिधि सभा विघटन गर्ने सरकारको सिफारिसलाई दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -