चितवन / सरकारले कोरोना परीक्षणमा दुई हजार मात्र लिन गरेको निर्देशन विपरित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले भिटिएम शुल्क र यातायात खर्च भन्दै थप एक हजार लिएको पाइएको छ ।
कलेजका निर्देशक डा मनोहर प्रधानले पहिले अतिरिक्त शुल्क लिएको स्वीकार गर्दै हाल भने नलिएको जिकिर गरे । उनका अनुसार यहाँ संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौँको स्टार हस्पिटलमा पठाइँदै आइएको छ । सो अस्पतालले परीक्षण शुल्क दुई हजार ४०० लिने हुँदा आफूहरुले यातायात शुल्कसहित तीन हजार लिएको स्वीकार गरे ।
हाल भने अस्पतालले ४०० थप गरेर परीक्षण गराउँदै आएको उनको दाबी छ । यद्यपि जिल्लाकै दुई सरकारी अस्पताल र एक मेडिकल कलेजमा पिसिआर परीक्षण हुँदै आएको छ । प्रधानले भने यहाँका अस्पतालले ढिलो नतिजा दिने र सिटी भ्यालुको नतिजा नदिएपछि काठमाडौँ स्वाब पठाउने गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनले चितवन मेडिकल कलेज र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्वाब परीक्षणमा ५०० बढी लिएको भन्दै मुद्दा चलाएको छ ।
कलेजका प्रतिनिधिले १८ लाख र क्यान्सर अस्पतालका प्रमुखले आठ लाख धरौटी जम्मा गरेर मुद्दा लडिरहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सो मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको जानकारी प्राप्त भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
- ADVERTISEMENT -
पुरानो मेडिकल कलेज कोरोना परीक्षणको सरकारले तोकेभन्दा एक हजार बढी लिँदै
December 22, 2020
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -