January 21, 2025
- ADVERTISEMENT -

संसद विघटनविरुद्ध नेकपाका ९० सांसदहरु

December 22, 2020

काठमाडौँ / सत्तारुढ नेकपाका सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् । निवेदनमा नेकपाका करिब ९० जना सांसदहरुको हस्ताक्षर छ ।
सर्वदलीय छलफलबाट सहमति गएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -