२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका गुरुङ समुदायले नारायणी नदी किनारमा ल्होसार मनाउने

प्रकाशित मिति : २०७७ पुष ८ गते

चितवन / तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते तमु ल्होसार मनाउने भएको छ । कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सम्बन्धी सुरक्षालाई मध्यनजर गर्दै यस वर्षको ल्होसार मनाउन लागिएको संघका सचिव विक्रम गुरुङले जानकारी दिए ।
सचिव गुरुङका अनुसार सधैं गुम्बामा मनाइने भएता पनि यस वर्ष नारायणी नदि किनारमा पुस ११ गते मनाउन लागिएको हो । तमु ल्होसारको पुनित अवसरमा बोनधर्म सम्बन्धी अन्तक्र्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइने उनले बताए । यसअघि गुरुङहरु समुदायले तमु ल्होसार हरेक वर्ष पुस १५ गते मनाउँदै आएको हो ।
वर्षेनी तमु ल्होसार गुम्बामा मनाइएता पनि यसवर्ष भीडभाडलाई मध्यनजर गर्दै सामाजिक सुरक्षालाई विशेष ख्याल गर्दै नारायणी किनारमा मनाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष तुलाराम तमुले बताए । उक्त ल्होसारमा जनगणना धर्मको स्तम्भमा तमुले वोन धर्म लेख्ने विषयमा अन्तक्र्रिया तथा शुभकामना आदानप्रदान गरी मनाइने उनको भनाइ थियो ।
यस्तैगरी ल्होसारकै अवसरमा गुम्बा सरसफाइ, नाचगान लगायतका कार्यक्रम गरिने उनले भने । यस वर्षको ल्होसारमा मुसा वर्गलाई विदाई गर्दै गाई वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदै छन् । कार्यक्रममा गुरुङहरुले ल्होसार पुस १५ गतेसम्म नै विभिन्न पूजा पाठ गरी आ–आफ्नै ठाउँबाट मनाउने संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89