चितवन / तमु प्ये ल्हु संघ चितवनले पुस ११ गते तमु ल्होसार मनाउने भएको छ । कोभिड–१९ को महामारीमा पनि स्वास्थ्य सम्बन्धी सुरक्षालाई मध्यनजर गर्दै यस वर्षको ल्होसार मनाउन लागिएको संघका सचिव विक्रम गुरुङले जानकारी दिए ।
सचिव गुरुङका अनुसार सधैं गुम्बामा मनाइने भएता पनि यस वर्ष नारायणी नदि किनारमा पुस ११ गते मनाउन लागिएको हो । तमु ल्होसारको पुनित अवसरमा बोनधर्म सम्बन्धी अन्तक्र्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइने उनले बताए । यसअघि गुरुङहरु समुदायले तमु ल्होसार हरेक वर्ष पुस १५ गते मनाउँदै आएको हो ।
वर्षेनी तमु ल्होसार गुम्बामा मनाइएता पनि यसवर्ष भीडभाडलाई मध्यनजर गर्दै सामाजिक सुरक्षालाई विशेष ख्याल गर्दै नारायणी किनारमा मनाउने तयारी गरिएको संघका वरिष्ठ उपाध्यक्ष तुलाराम तमुले बताए । उक्त ल्होसारमा जनगणना धर्मको स्तम्भमा तमुले वोन धर्म लेख्ने विषयमा अन्तक्र्रिया तथा शुभकामना आदानप्रदान गरी मनाइने उनको भनाइ थियो ।
यस्तैगरी ल्होसारकै अवसरमा गुम्बा सरसफाइ, नाचगान लगायतका कार्यक्रम गरिने उनले भने । यस वर्षको ल्होसारमा मुसा वर्गलाई विदाई गर्दै गाई वर्गलाई स्वागत गर्दै गुरुङ समुदायले ल्होसार मनाउँदै छन् । कार्यक्रममा गुरुङहरुले ल्होसार पुस १५ गतेसम्म नै विभिन्न पूजा पाठ गरी आ–आफ्नै ठाउँबाट मनाउने संघले जनाएको छ ।
चितवनका गुरुङ समुदायले नारायणी नदी किनारमा ल्होसार मनाउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
