चितवन । चितवनको पहिलो दैनिक पत्रिका चितवन पोष्टले २४औं वार्षिकोत्सव मनाएको छ । कोभिड–१९ का महामारी बीच चितवन पोष्ट दैनिकले आफ्नै कार्यालयमा बिहीबार २४औं वार्षिक मनाएको हो ।
कार्यक्रममा संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालले चितवन पोष्ट दैनिकलाई आजको २४औं बसन्तसम्म ल्याउन सहयोग पु¥याउनु हुने सबैप्रति आभारी भएको बताए । आजको यो अवस्थासम्म संस्थाले जग हाल्ने काम मात्र गरेको र इँटा थप्ने काम तपाईहरुको सहयोगी हातबाट भएको उनको भनाइ थियो ।
उनले तपाईहरुको सहयोगी हातहरुले गर्दा आज यो संस्था ठडिएको बताए । कोरोना महामारीमा पनि यहाँहरुको सहयोग, मजबुत हातहरुको साथ र सहयोगले गर्दा २४ औं बसन्त सहजै मनाउन सफल भएको श्रेय सबै शुभचिन्तकहरुलाई दिन चाहेको उनले भने ।
कार्यक्रममा इम्प्लोइ इयरको रुपमा संस्थाका वितरक बाबुरामलाई रु. १ हजार पन्ध्रसय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा चितवन पोष्टका सहसम्पादक केशव भट्टराई, संस्थाका दुई दशकदेखि कार्यरत पत्रकार तथा लेखक बसन्त पराजुली, प्रमुख सम्वददाता दिपेन्द्र अधिकारी, बि. एण्ड बि. मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा पूर्व चितवन पोष्टकर्मी बबिलाल तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संस्थाका सहसम्पादक रामबाबु सुवेदी, संवाददाताहरु किशोर खनाल, तुलमान गुरुङ, कुल काफ्ले, रामशरण गैरे, दिलिप केसी तथा कर्मचारीहरु ध्रुव मैनाली, सुमित्रा सापकोटा, सर्मिला खनाल, राजेन्द्र क्षेत्री, अमृत श्रेष्ठ लगायतको उपस्थिति थियो ।
संस्थाका प्रबन्ध निर्देशक गोविन्द अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यसै संस्थाका पत्रकार तुलमान गुरुङले सहजीकरण गरेका थिए ।
चितवन पोष्ट दैनिकले २०५६ सालबाट प्रकाशन प्रारम्भ गरेको हो भने २४औं वार्षिकोत्सव मनाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनको पहिलो दैनिक ‘चितवन पोष्ट’ले मनाए वार्षिकोत्सव

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










