May 18, 2024

मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ

December 26, 2020

काठमाडौं / मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेको छ । रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार बिहीबार साँझ पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
महाशाखाका अनुसार बा८१प ५२७५ नम्बरको कालो रंगको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरिएको र उनीहरुलाई लगनखेलबाट पक्राउ गरेको हो । काठमाडौँको कपनबाट हराएको मोटरसाइकल लगनखेलबाट उनीहरुसहित पक्राउ गरिएको थियो ।
महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -