Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गुरुङ समुदायले मनाए तमु ल्होसार, अबको जनगणनामा बोन धर्म लेख्न आग्रह

प्रकाशित मिति : २०७७ पुष ११ गते

चितवन । तमु प्ये ल्हु संघ चितवनले तमु ल्होसार मनाएको छ । गुरुङ समुदायले मुसा वर्गलाई विदाई गर्दै गाई वर्गलाई स्वागत गर्दै आइतबार नारायणी नदी किनारमा तमु ल्होसार मनाएको हो । उक्त अवसरमा गुरुङ समुदायले बोनधर्म सम्बन्धी अन्तक्र्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।
तमु प्ये ल्हे संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमूले पानसमा दियो प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष तमुले गुरुङहरुले आगामी हुने २०७८ को जनगणनामा वोन धर्म लेख्न आग्रह गरे । उनले अब हुने जनगणनामा सबै गुरुङ समुदायले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग तथा आफ्नो धर्मलाई स्थापित गराउन बोनधर्म लेखाउनु पर्नेमा जोड दिए ।


उनले तमु जातिले आफ्नो धर्म, संस्कार, पहिचान बुझ्नु पर्ने बेला आएको र अबका दिनमा नअल्मलिन हुन आग्रह गरे । हाम्रो बाटो र संस्कारले, पहिचान र मौलिकतालाई ठूलो आधार बनाएकोले यसैमा गर्व गर्नु पर्ने बताए ।
आफ्नो इतिहास, मौलिकता, पुरोहित तथा चाडपर्वलाई हामीले बिर्सन नहुने उनले जिकिर गरे । आदिमकालदेखि इतिहासलाई अहिलेको पुस्ताले बिर्सिएको उनले आरोप पनि लगाए । मौलिकता र प्रकृति गुरुङको धर्म भएको र यसलाई नै मान्न उनले जोड गरे ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा बागमती प्रदेशका ३ का सभासद तथा राष्ट्रिय सभाका सदस्य रिना गुरुङ, पूर्व आईजीपी हेमबहादुर तमु, पूर्वमन्त्री इन्द्रबहादुर तमु, तमु ह्युल छोंज धीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर तमुलगायत शुभकामना मन्तव्य दिएका थिए ।
ल्होसारको अवसर पारेर पत्रकार हिराला गुरुङ सम्मानित भएका थिए भने ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विभिन्न तमु प्ये ल्हु संघका विभिन्न इकाईबाट प्रतिनिधित्व गर्दै तमु युवा युवतीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम संघका चितवन अध्यक्ष जगतबहादुर टु तमुको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रम सञ्चालन सचिव विक्रम तमुले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51