January 24, 2025
- ADVERTISEMENT -

वार्षिकोत्सवमा गरे ८ नयाँ सदस्यलाई स्वागत

December 26, 2020

चितवन / लायस क्लब अफ भरतपुर मुनालचोकले छैंठौ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा क्लबले ८ जना नयाँ सदस्यहरुलाई शनिबार स्वागत गरेको छ ।
कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि–२ का प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले संस्था सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित भएको र सबैमा सामाजिक सेवाभाव हुनुपर्ने बताए ।
उनले लायन्स क्लब धनीहरुको संस्था नभई सबै वर्गका मानिसहरुको साझा क्लब भएको प्रष्ट पारे । सामाजिक सेवा गर्नको लागि स्थापित भएको यस क्लब गरिवहरुले पनि सामाजिक सेवा गर्न सक्ने उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सचिव गोपालकुमार साहीले लायन्सहरुको प्रथम दायित्व भनेको मानवीय सेवाभाव भएको बताए । उनले राम्रो कार्य गर्दै सदस्य बृद्धि गर्नका लागि समेत आग्रह गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो भने रामचन्द्र कार्कीले संचालन गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -