July 21, 2024

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

December 27, 2020

तम्घास / गुल्मीमा ट्रकको ठक्करबाट दुई युवाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिनुभयो ।
बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -