February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत एक पुरुष फरार

December 28, 2020
Photo: Google

बुटवल / आईसीयूमा उपचाररत एकजना कोरोना संक्रमित पुरुष बुटवलको कोरोना विशेष अस्पतालबाट भागेका छन् । बुटवल–१३ का ५५ वर्षीया पुरुष आइतबार बिहान ६ बजेतिर शौचालय जान्छु भनेर भागेका हुन् ।
आईसीयूमा लगाउने अस्पतालको कपडा र चप्पलसहित अस्पतालका कर्मचारीकै अगाडि उनी भागेर सम्पर्कविहीन भएका छन् । गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि उनको आईसीयूमा उपचार गराइरहेका थिए ।
‘अस्पतालबाट नजिकैको जंगल हुँदै भागेर तिलोत्तमाको जानकीनगरस्थित पौवा होटेलमा पुगेर जाडो भयो भन्दै कफी खाएका रहेछन्,’ अस्पतालका प्रवक्ता डा. गौतमले भने, ‘होटेलमा रहेका बेला अस्पतालले फोन सम्पर्क गर्दा रिसिभ भएको र उनको परिवारलाई पनि यो कुरा जानकारी गराएको छ ।’ त्यस लगत्तै उनको मोबाइल स्वीच्ड अफ भएको प्रवक्ता गौतमले बताए ।
ती पुरुषले मानसिक रोगको औषधिसमेत सेवन गर्दै आएको खुलेको अस्पतालका प्रवक्ता गौतमले बताए । उनले शनिबार साँझ नै आफूलाई ठीक भएको भन्दै घर जान दिन आग्रह गरेका थिए ।

- ADVERTISEMENT -