चितवन / चितवनको भरतपुर वाईपास सडक निर्माण शुरु भएको लामो समयसम्म सम्पन्न हुन सकेको छैन । छिटो सम्पन्न गर्न माग गर्दै भरतपुरका स्थानीयले सडकमा प्रदर्शन गरेको छ । उनीहरुले आइतबार धुलाम्मे सडकमा बसेर प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि थानीचोकमा उनीहरुले सडकमा उत्रेर नाराजुलुससहित प्रदर्शन गरेका थिए । उनीहरुले वाईपास सडक छिटो कालोपत्रे गर, भरतपुर महानगरपालिका होसियार, स्थानीय सरकार होसियार, जिल्ला प्रशासन होसियार, ठेकेदारलाई गिरफ्तार गर, हामीलाई ढलको निकास दे, धुलो खुवाईन पाईदैन जस्ता नारा लगाएका थिए ।
स्थानीयहरुले डोरी टाँगेर सडक अवरुद्ध पारेका थिए । भरतपुरको बसपार्कदेखि आँपटारीसम्मको सडक स्तरोनन्तीको काम ४ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले आलटार गर्दा सडक वरपरका वासिन्दा दिनहुँ धुलो खान बाध्य भएका छन् । माग सुनवाइ नभए अझ थप आन्दोलनका कार्यक्रम तय गर्ने समेत घोषणा गरेका छन् ।
चितवनको वाईपास सडक निर्माणमा ढिलाई, स्थानीयद्वारा सडकमा डोरी टाँगेर प्रदर्शन
December 28, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
