एजेन्सी / महिलाहरूले सवारी साधन चलाउन पाउने वकालत गर्दैै आएकी साउदी अरबकी महिला अधिकारवादी लुजैना अल–हथलुललाई जेल सजाय भएको छ । उनलाई साउदी अरबविरुद्ध रहेको ठानिएका संस्थाहरूसँग सम्पर्क गरेको आरोपमा जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
सो आरोपमा उनीसहित केही अधिकारवादीहरूलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । ३१ वर्षकी हथलुलले हालसम्म साढे दुई वर्षभन्दा बढी जेल जीवन बिताइसकेकी छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले पटकपटक उनलाई रिहा गर्न माग गर्दै आएका छन् ।
तर सोमवार आतंकवादविरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पु¥याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा उनलाई दोषी ठहर गरेको छ । उनलाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको हो । दुई वर्ष १० महिनाको सजाय भने रद्द गरिएको बताइएको छ ।
हथलुल र उनको परिवारले भने उनीविरुद्धका सबै अभियोग अस्वीकार गर्दै आएको छ । उनलाई जेलमा यातना दिइएको समेत परिवारको दाबी छ तर त्यो दाबीलाई अदालतले खारेज गरिदिएको छ । हथलुललाई साउदी महिलाहरूलाई सवारी हाँक्न अनुमति दिइनुभन्दा केही हप्ता अघि पक्राउ गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

साउदीमा महिलाले सवारी चलाउन नपाउने, वकालत गर्ने महिलालाई ५ वर्ष बढी जेल सजाय
December 29, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
