February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बिहान ८ बजेबाट नागरिकता

December 30, 2020

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले बिहान ८ बजेबाट नै नागरिकता सम्बन्धी काम गर्ने भएको छ । कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ८ बजेबाट उक्त सेवा दिने जनाइएको हो ।
कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकता लिने सेवाग्राहीको अत्याधिक भिड बढेका कारण बिहानैदेखि सेवा दिन थालिएको हो ।
सूचना अनुसार बुधबारबाट (पुस १५) यो सेवा सुरु हुनेछ छ भने नयाँ नागरिकता र प्रतिलिपि नागरिकता बाहेकका अन्य सेवा भने १० बजेबाट नै हुने बताइएको छ ।

- ADVERTISEMENT -