February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आफ्नै श्रीमतीको हत्या गर्ने एकजना पक्राउ

December 30, 2020
Photo : Temalonline.

धुलिखेल / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ हात्तीडुंगाबाट आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्ति पक्राउ परेको छ । पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका वडा नं. २ बस्ने वर्ष ५३ को जीवन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
डिएसपी थापाका अनुसार पक्राउ परेका नेपालीले आफ्नै श्रीमती नुवाकोट ओखरपौवा गा.वि.स. वडा नं. वडा नं. १ माइत रहेकी सीता नेपालीको हत्या गरेको खुलेको छ ।
महिलाको लाश सडिगली सकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको देवर राजेन्द्र कुमार नेपालीले मृतक लाश सनाखत गरी पौष १० गते कर्तब्य ज्यान मुद्धामा जाहेरी दरखास्त दिएका थिए । मृतकको श्रीमान उद्धब भन्ने जीवन नेपाली घटना पश्चात सम्पर्कमा नरही फरार रहेका थिए ।
हत्यामा संलग्न रहेको जीवन नेपालीलाई सोमबार मकवानपुर जिल्ला हेटौडा उप–महानगरपालिका वडा नं. १० बसपार्कबाट पक्राउ गरेको डिएसपी थापाले जानकारी दिए ।
पक्राउ पछि जिल्ला अदालत, काभ्रेबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।

- ADVERTISEMENT -