काठमाडौं / साबिकको विजेता टोली रियल मड्रिडले यो सिजन मात्र शीर्ष डिभिजनमा आएको इल्चेसँग बराबरी खेलेको छ । स्पेनिस ला लिगा फुटबलमा रियलले बराबरी खेल्दै अंक बाँडेको हो ।
रियल मड्रिडले बुधबार राति इल्चेसँग १–१ गोलको बराबरी खेल्न पुगेको हो । इल्चेको घरेलु मैदानमा रियलका लागि लुका मोड्रिचले २०औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
घरेलु टोली इल्चेका चाभास डी ला टोरीले ५२औं मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै रियलको पछिल्लो समय अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
बराबरीसँगै रियलले ३३ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ । इल्चे १६ अंकसहित १५औं स्थानमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

साविक बिजेता रियलसँग इल्चेको बराबरी
December 31, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
