November 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटमा बृद्धाश्रम भोजन गृहको शिलान्यास

December 1, 2020

–आशिक राना
देवघाट / देवघाट क्षेत्र विकास समितिले पर्यटन पुर्वाधार व्यवासायिक भवन तथा बृद्धाश्रम भोजनगृह निर्माण गर्ने भएको छ । समितिको कार्यालय रहेको परिसरमा निर्माण गरिने उक्त दुबै भवनको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले देवघाट देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएको हुँदा यस क्षेत्रमा पूर्वाधारहरु थपिनु पर्ने बताए । उनले देवघाटको विकासको लागि सँधै पहल गरिरहेको भन्दै तिन वर्ष अघिको देवघाट र अहिलेको देवघाटलाई तुलना गरेर हेर्न अनुरोध गरे । एक मिटर पनि बाटो पिच नभएको देवघाटमा अहिले पिचको काम धेरै नै अगाडि बढेको भन्दै बाटो कालोपत्रेसँगै अब यहाँको भूमि सम्बन्धि समस्याको सबैभन्दा पहिला समाधान गरिनु पर्ने उनको भनाइ थियो ।
संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्उयन मन्त्रालयको अनुमानित चार करोड ५० लाख रुपैयाँको बजेटमा बन्नेछ । उक्त बहुवर्षीय व्यवसायिक भवनको निर्माण पश्चात देवघाट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सूचनाको केन्द्रको रुपमा विकास गरिने र त्यसले क्षेत्र विकास समितिको आन्तरिक आम्दानीमा बृद्धी हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
उनले भने बृद्धाश्रम भोजन गृह भने ६० लाखको लगानीमा निर्माण हुने छ । क्षेत्र विकास समितिको आन्तरिक श्रोत, नेपाल सरकार तथा निजी क्षेत्रको समेत सहयोगमा बन्ने भोजन गृह ५० वटा निर्माणको लागि हालसम्म संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भइसकेको छ भने निजी क्षेत्रबाट १० लाखको प्रतिबद्धता व्यक्त भएको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए ।

- ADVERTISEMENT -