September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन राष्ट्रिय निकुञ्जमा मरे साउन यता तीन हात्ती

December 2, 2020

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा हात्ती मरेका छन् । चालु आर्थिक वर्षको साउन यता तीन वटा हात्ती विभिन्न कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार दिपेन्द्र गज, बिक्रम प्रसाद र सुन्दरमाला मरेका हुन् । दिपेन्द्र क्षयरोगका कारण मरेको आशंका गरिएको छ । बिक्रम प्रसाद बामपुड्के रहेको थियो । उसको उमेर पुगेर मरेको श्रेष्ठले जानकारी दिए । उनले भने “पामपुड्के जनावरको आयु अन्यको जस्तो हुँदैन ।” त्यस्तै सुन्दरमाला बुढो भएर मरेको जानकारी दिए ।
हाल निकुञ्जमा ५९ वटा हात्ती रहेका छन् । हात्ती संगै निकुञ्जमा यसै अबधिमा ५१ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार मरेका वन्यजन्तुमा सबैभन्दा धेरै गैंडा छन् । चालु आर्थिक बर्षमा मात्रै १७ वटा गैंडा मरेका छन् । जसमा ४ वटा चोरी सिकारीबाट मरेका हुन भने १३ वटा प्राकृतिक कारणले मरेको निकुञ्ज प्रशासनले जनाएको छ ।