२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डोल्पामा गुम्बाका बहुमूल्य मूर्ति हराउँदै

प्रकाशित मिति : २०७७ पुष १८ गते
Photo : Google

डोल्पा / डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ । यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन् । माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका स्थानीय सरोकारवालाले बताएका छन् । त्यसका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन उनीहरूले सरकारसँग माग राखेका छन् ।
‘उपल्लो डोल्पाका अधिकांश भागमा प्रहरी चौकी छैनन् । भएका पनि बर्खाका केही महिना मात्र हुन्। जाडोमा प्रहरी तलै झर्छन्,’ शे–फोक्सुण्डो गाउँपालिका–४ का अध्यक्ष पेमावाङछेन गुरुङले भने, ‘त्यही मौकामा गुम्बाका बहुमूल्य वस्तु चोरी हुने गर्छन् ।’ बौद्धधर्मअनुसार गाउँभन्दा टाढा एकान्तमा गुम्बा राखे चोखो हुने, फोहोरबाट टाढा रहने र पूजापाठ गर्दा रोगब्याध, खडेरी, भोकमरीजस्ता अनिष्ट नहुने विश्वास छ । त्यही आधारमा गुम्बा प्रायः टाढा–टाढा हुन्छन् ।
गुरुङका अनुसार हरेक वर्ष चीनको तिब्बतदेखि लुटेराहरू आउने र डर त्रास देखाएर बुद्धका मूर्ति लुटपाट गरेर लाने गर्छन् । स्थानीय सरकार आएपछि चोरीका घटना केही कम भए पनि रोकिएको छैन । सुरक्षाकर्मी नहुँदा स्थानीयको त्रास बाँकी नै छ ।
माथिल्लो डोल्पामा नौ सय वर्ष पुरानो बौद्धधर्मालम्बीको बसोवासको इतिहास पाइन्छ । त्यतिबेलादेखि स्थापना भएका बौद्ध गुम्बामा रहेका बहुमूल्य सम्पत्ति जगेर्ना अभावमा सकिँदै गएकाले धार्मिक गुरुहरू चिन्तित छन् । माथिल्लो डोल्पाका शे(फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकामा सार्वजनिक गुम्बा ६० भन्दा धेरै रहेको पुजारी लामाहरू बताउँछन् । निजीसमेत जोड्दा सयभन्दा धेरै छन् ।
माथिल्लो डोल्पामा सबैभन्दा ठूला र प्रसिद्ध मानिएका शे, याङजेर, रिबोक, ढोलुङ, साम्लीङलगायत गुम्बा छन् । ‘गुम्बा अत्यन्त बहुमूल्य सम्पदा हुन् । तिनको सुरक्षामा राज्यको चासो छैन,’ याङजेर गुम्बाका गुरु रानाग रिम्पोचे (डोल्पो बुद्ध) भन्छन्, ‘गुम्बाको संरक्षणमा स्थानीय तहले बजेट विनियोजन गर्नसमेत हिच्किचाउँछन्। जसले गर्दा यी प्राचीन सम्पदा जीर्ण र मूर्तिविहीन हुँदै गएका छन् ।’
ठूलो भूगोल भएको माथिल्लो डोल्पामा पुरातात्विक सम्पत्ति रहे पनि सरकारले त्यस्ता सम्पत्तिको सुरक्षामा कम चासो देखाएको भन्दै स्थानीय आङबहादुर लामाले दुःख व्यक्त गरे । बारम्बार गुम्बा तथा सर्वसाधारणको सुरक्षाको प्रत्याभूत गराउन माग गरे पनि सरकारले वास्ता नगरेको लामाको गुनासो छ । टेकबहादुर शाहीले अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20