June 13, 2024

उग्र्यान गुम्बाको १०औं साधारण सभा सकियो

January 3, 2021

चितवन / उग्र्यान न्होर्बु छ्योलिड्ड गुम्बाको १०औं वार्षिक साधारण तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । भरतपुर–५, नारायणपुरमा अवस्थित उक्त गुम्बाको शनिबार १०औं वार्षिक साधारण तथा पाँचौ अधिवेशन सम्पन्न भएको संस्थाका सदस्य सन्तोष तामाङले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं. ५ का वडाअध्यक्ष पदमपाणि सुवेदीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष सुवेदीले गुम्बा संरक्षण र हितको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सचिव विना तामाङद्वारा प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आशमान तामाङले आर्थिक प्रगतिवेदन प्रस्तुत गरिएको थियो ।
विकासचोक टोल सुधार समितिका अध्यक्ष केशव पोख्रेल, टाइगर चोक टोल विकास संस्थाका अध्यक्ष लोकराज सापकोटालगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम मेकबाहादुर तामाङको अध्यक्षता सम्पन्न भएको थियो भने चेतबहादुर तामाङले सहजीकरण गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -