२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

बेलायतमा कोरोना संक्रमण बढेसँगै लकडाउन घोषणा

प्रकाशित मिति : २०७७ पुष २१ गते
सांकेतिक फोटो ।
- ADVERTISEMENT -

लण्डन / कोरोना संक्रमण बढेपछि बेलायतमा पुनः लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले देशमा कोरोना संक्रमण लगातार बढिरहेकोले देशव्यापी लकडाउन गरिएको बताउनुभएको छ । उहाँले नागरिकलाई घरैमा बस्न आग्रह गर्नुभएको छ ।
योसँगै मंगलबारदेखि नै शैक्षिक संस्थाहरु अनलाइनमाध्यमबाटै सञ्चालित हुनेछन् । अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर ननिस्कन भनिएको छ । शारीरिक अभ्यास, मेडिकल सहायता र घरेलू हिंसाबाट बच्न भने घरबाट बाहिर निस्कन सक्ने जनाइएको छ । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने जनाइएको छ ।

- ADVERTISEMENT -