June 25, 2024

चितवनमा गैंडाको आक्रमणबाट एकको मृत्यु

January 6, 2021

चितवन / गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ७ मालपुरकी ४० वर्षिया मायाँ तामाङ्ग रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङ्गलाई मंगलबार दिउँसो गैंडाले आक्रमण गरेको थियो ।
गैंडाको आक्रमणबाट उनको घटना स्थलमानै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय ६ जना महिलाहरु मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैंडाले आक्रमण गरेको हो । मृतक तामाङ्गको शब पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -