–ज्ञानेन्द्र तामाङ
मनहरि । राक्सिराङ गाउँपालिका वडा नं ८ को चेपाङ दम्पति ओडारमा बस्ने गरेको भन्दै एक भिडियो सार्वजनिक भएपछि चेपाङ अगुवाहरुले त्यसको बिरोध गरेका छन् । जयमसिंह टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा सामाजिक अभियान्ता बताउने सोनाली पुनले चेपाङ दम्पतिसँग ओडारमै पुगेर कुराकानी गरेको देखाइएको छ । पुनले ती दम्पतिको दुख, संघर्ष र मायाप्रेमलाई जोड दिदैं यस्तो दुःखीहरुलाई सहयोग गर्न आग्रह गरेको देखिन्छ ।
तर सो भिडियो पूर्ण रुपमा झुटो रहेको नेपाल चेपाङ संघ राक्सिराङ ८ वडाकमिटिका अध्यक्ष महेश चेपाङ बताउनुहुन्छ । उहाँले भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको बास ओडारमा नभएको बताउनुभयो । ‘ती दम्पतिको घर भुकम्पको पैसाले बनाइएको छ’, उहाँले भन्नुभयो – ‘उनीहरू भिडियोमा देखाइएजस्तो ओडारमा बसेका छैनन् ।’
विकट गाउँमा चेपाङ समुदायको दयनीय अवस्था देखाएर बिदेशी संघसंस्थाबाट ठूलो सहयोग संकलन गर्ने र चेपाङको नाम बेचेर फाइदा लिने योजनाले सो भिडियो हालिएको उहाँको दाबी छ । ‘चेपाङको दयनीय अवस्था देखाएर एनजिओरआइएनजिओबाट ठूलो रकम उठाउने योजनाले भ्रामक भिडियो हालिएको छ, यसको चेपाङ संघ वडा कमिटी विरोध गर्दछ’ उहाँले भन्नुभयो ।
राक्सिराङ ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले पनि आफ्नो वडामा कोहिपनि चेपाङको बास ओडारमा नभएको बताउनुभयो । भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको अवस्था भिडियोमा भनिएजस्तो दयनीय नरहेको उहाँले पुष्टि गर्नुभयो । ‘उहाँहरु श्रीमान श्रीमती दुवैले सामाजिक सुरक्षा भत्ता समेत बुझिरहनुभएको छ’ उहाँले भन्नुभयो – ‘भुकम्प को घर बनेको छ, जनता आवासको पनि छ ।’ भ्रम फैलाएर सहयोग संकलन गरी फाइदा लिने उद्देश्यले भिडियो हालिएको उहाँले बताउनुभयो । भिडियो निर्माण गर्ने व्यक्तिबारे बुझ्ने र थप जानकारी लिने प्रयास भइरहेको उहाँले भन्नुभयो ।
गलत समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्नेलाई कानुनसम्मत कारबाही गरिने उहाँको भनाई छ । राक्सिराङका विभिन्न स्थानमा बिपन्न चेपाङको नाममा सहयोग उठाउने र अगुवा तथा अभियान्ता बताउनेहरुले फाइदा लिने गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राक्सिराङमा चेपाङ दम्पतिको ओडारमा बास भन्दै भिडियो आएपछि बिरोध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58












