–ज्ञानेन्द्र तामाङ
मनहरि । राक्सिराङ गाउँपालिका वडा नं ८ को चेपाङ दम्पति ओडारमा बस्ने गरेको भन्दै एक भिडियो सार्वजनिक भएपछि चेपाङ अगुवाहरुले त्यसको बिरोध गरेका छन् । जयमसिंह टिभी नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा सामाजिक अभियान्ता बताउने सोनाली पुनले चेपाङ दम्पतिसँग ओडारमै पुगेर कुराकानी गरेको देखाइएको छ । पुनले ती दम्पतिको दुख, संघर्ष र मायाप्रेमलाई जोड दिदैं यस्तो दुःखीहरुलाई सहयोग गर्न आग्रह गरेको देखिन्छ ।
तर सो भिडियो पूर्ण रुपमा झुटो रहेको नेपाल चेपाङ संघ राक्सिराङ ८ वडाकमिटिका अध्यक्ष महेश चेपाङ बताउनुहुन्छ । उहाँले भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको बास ओडारमा नभएको बताउनुभयो । ‘ती दम्पतिको घर भुकम्पको पैसाले बनाइएको छ’, उहाँले भन्नुभयो – ‘उनीहरू भिडियोमा देखाइएजस्तो ओडारमा बसेका छैनन् ।’
विकट गाउँमा चेपाङ समुदायको दयनीय अवस्था देखाएर बिदेशी संघसंस्थाबाट ठूलो सहयोग संकलन गर्ने र चेपाङको नाम बेचेर फाइदा लिने योजनाले सो भिडियो हालिएको उहाँको दाबी छ । ‘चेपाङको दयनीय अवस्था देखाएर एनजिओरआइएनजिओबाट ठूलो रकम उठाउने योजनाले भ्रामक भिडियो हालिएको छ, यसको चेपाङ संघ वडा कमिटी विरोध गर्दछ’ उहाँले भन्नुभयो ।
राक्सिराङ ८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले पनि आफ्नो वडामा कोहिपनि चेपाङको बास ओडारमा नभएको बताउनुभयो । भिडियोमा देखाइएको दम्पति चिनजानकै भएको र उनीहरुको अवस्था भिडियोमा भनिएजस्तो दयनीय नरहेको उहाँले पुष्टि गर्नुभयो । ‘उहाँहरु श्रीमान श्रीमती दुवैले सामाजिक सुरक्षा भत्ता समेत बुझिरहनुभएको छ’ उहाँले भन्नुभयो – ‘भुकम्प को घर बनेको छ, जनता आवासको पनि छ ।’ भ्रम फैलाएर सहयोग संकलन गरी फाइदा लिने उद्देश्यले भिडियो हालिएको उहाँले बताउनुभयो । भिडियो निर्माण गर्ने व्यक्तिबारे बुझ्ने र थप जानकारी लिने प्रयास भइरहेको उहाँले भन्नुभयो ।
गलत समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्नेलाई कानुनसम्मत कारबाही गरिने उहाँको भनाई छ । राक्सिराङका विभिन्न स्थानमा बिपन्न चेपाङको नाममा सहयोग उठाउने र अगुवा तथा अभियान्ता बताउनेहरुले फाइदा लिने गरेको घटनाहरु सार्वजनिक हुने गरेका छन् ।
- ADVERTISEMENT -

राक्सिराङमा चेपाङ दम्पतिको ओडारमा बास भन्दै भिडियो आएपछि बिरोध
January 9, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
