November 2, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेघौलीमा ‘इमेज इन्स्टिच्यूट’को चौथो शाखा शुभारम्भ

January 9, 2021

चितवन / इमेज इन्स्टिच्यूट प्रा.लि.द्वारा चौथो शाखा शुभारम्भ गरिएको छ । शुक्रबार मेघौलीको तेलौली बजारमा चौथो शाखा शुभारम्भ गरिएको प्रा.लि.का प्रबन्ध निर्देशक मोहन बुढाथोकीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानपालिका वडा नं. २७ का वडाध्यक्ष गोविन्द तामाङले इमेजको चौथो शाखा रिबन काटेर शुभारम्भ गरिएको थियो । कार्यक्रममा वडाअध्यक्षले इमेज इन्स्टिच्यूटको मेघौली पश्चिम चितवनमा शाखा खोलेपछि यहाँका विद्यार्थीहरु लाभान्वित हुने बताए ।

प्रबन्ध निर्देशक बुढाथोकी अनुसार शहीदचोकबाट सुरु गरिएको इमेज इन्स्टिच्यूटले पहिलो शाखा गोर्खा, दोस्रो १६ नं नवलपुर, तेस्रो कावासोती र चौथो शाखा मेघौलीमा सुरु गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement


वैदेशिक शिक्षाका लागि विद्यार्थीको चाप बढ्दै गएपछि उनीहरुको मागलाई मध्य नजर गर्दै शाखाहरु बिस्तार गर्दै लगिएको प्रबन्ध निर्देशक बुढाथोकीको भनाइ छ । पश्चिम चितवनका विद्यार्थीहरुलाई सेवा दिने लक्ष्य अनुसार मेघौलीमा शाखा खोलिएको उनले भने ।
मेघौलीमा शाखा बिस्तारले शहरमा विद्यार्थीहरुको आवातजावत गर्नुपर्ने झन्झट र मितव्ययिताका हिसाबले पनि सजिलो हुने उनको बुझाइ छ । इमेज इन्स्टिच्यूटले चितवनमा विगत १५ वर्षदेखि सेवा दिँदै आइरहेको छ ।
कार्यक्रममा इमेज मेघौली शाखाका प्रमुख बद्रि पौडेलले स्वागत मन्तव्य दिएका थिए भने स्थानीय बुद्धिजीवी रमाकान्त भण्डारी, जानकी माविका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटालगायतले मन्तव्य दिएका थिए ।


कार्यक्रममा भरतपुर वडा नं. २७ का निर्वाचित वडा सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बजार व्यवस्थापन समितिका अध्यक्ष, टोल सुधार समितिका सचिव, स्थानीय बुद्धिजीवी तथा यसै इन्स्टिच्यूटबाट जापान पुगिसकेका विद्यार्थीहरुका अभिभावकको उपस्थिति थियो ।
कार्यक्रम सुजिना सिंह बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन १६ नं. शाखाका प्रमुख संजय देवकोटाले संचालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -