चितवन / कालिका नगरपालिका वडा नं. ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका दुधराज थिङलाई आर्थिक सहयोग प्राप्त भएको छ । भरतपुर निवासी सामाजिक अभियान्ता सुनिलकुमार क्षेत्रीद्वारा मेरूदण्ड भाँचिएका ४२ वर्षीय दुधराज थिङलाई आइतबार ह्विलचेयर, खाद्यन्न तथा आर्थिक सहयोग गरिएको हो ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थिङ १२ वर्षदेखि ओछ्यानमै रहेका थिए । ह्वीलचियर पाएपछि आफूलाई घरबाहिर निस्कन मद्दत पुगेको थिङले बताए । घरभित्रै बस्नुपर्ने अवस्था रहेकोमा अब घर बाहिर निस्किएर घाम ताप्न, बाहिरी वातावरण हेर्न पाइएकोमा उनले खुसी व्यक्त गरे ।
सामाजिक अभियन्ता तथा युवा व्यवसायी क्षेत्रीले यस अघि कोरोना महामारीको समयमा विभिन्न स्थानमा खाद्यन्न सहयोग गरेका थिए भने कोरोना महामारीको समयमा आफ्नो घर भाडामा रहेकालाई ४ महिनाको भाडा छुट गरेका थिए ।
थिङ गत २०६५ सालमा रुखबाट लडेर अपांग भएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

थिङलाई ह्वीलचियर तथा खाद्यन्न सहयोग
January 10, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
