February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

January 10, 2021

नवलपरासी / बुलिङटार जेसिजको अध्यक्षमा सन्दीपकुमार श्रेष्ठलाई चयन गरिएको छ । नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित एक विशेष भेलाबाट श्रेष्ठ चयन भएका हुन् ।
भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको कार्यकारिणी उपाध्यक्षमा तेजमान श्रेष्ठ, भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिवमा सुवाष देवकोटा, कोषाध्यक्षमा ऋषिराम गिरीलाई चयन गरिएको हो ।
यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल, लोकप्रसाद रामदाम, प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्धप्रसाद रानाभाट, सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले संस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोज अनुसन्धान, विकास, समृद्धिसँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।
कार्यक्रममा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा, पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो । भेलामा सहभागीहरुलाई बद्री सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -