२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपति भण्डारीद्वारा २९९औं पृथ्वीजयन्तीको शुभकामना व्यक्त

प्रकाशित मिति : २०७७ पुष २७ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालको एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै आज २ सय ९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
गोरखाको राजकुमारका रुपमा १७७९ प्स २७ मा जन्मिएका पृथ्वीनारायणलाई बिभिन्न टुक्रे राज्यमा छरिएको नेपाललाई एकत्रित र आनुधिक नेपाल निर्माणको सुरुआत गरेका थिए । त्यसैले उनलाई राष्ट्र निर्माताको मान्यता पनि दिने गरिएको छ ।
गणतन्त्र घोषणा हुनुअघिसम्म पृथ्वी जयन्तीलाई एउटा पर्वको रुपमा मनाउने गरिएको थियो । तर पछिल्लो समय सरकारले सार्वजनिक विदामा पनि कटौती गरेको छ भने उनको स्मरणमा उपेक्षा गरेको आरोप राजाका अनुयायीहरुले लगाउने गरेका छन् ।
यसपालीको पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन नागरिक स्तरबाट समिति गठन भएको छ । समितिले राष्ट्र निर्माताप्रति सम्मान अर्पण गर्न अनुरोध गरेको छ ।
आज ११ बजे शान्तिबाटिका रत्नपार्कमा भेला भएर पन्चेबाजा र धिमेबाजासहित सिंहदरबारको पश्चिम प्रवेशद्वारमा रहेको पृथ्वीनारायणको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा शुभकामना व्यक्त गरेकी छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -