काठमाडौं / १७औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रशारण ४ वटा टेलिभिजनबाट हुने भएकाे छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा मंगलबार हुने उक्त अवार्ड वितरणकाे तयारी पुरा भएकाे आयोजकले जनाएकाे छ ।
कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्ड यसपालि सेमीभर्चुअल स्वरुपमा हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक पदाधिकारीको मात्र उपस्थिति रहनेछ । हलमा सीमित व्यक्तिमात्र रहने भएकाले कार्यक्रम चार राष्ट्रिय टेलिभिजनमा एकसाथ प्रत्यक्ष प्रसारण हुने भएकाे हाे ।
आयोजकका अनुसार एनटिभी प्लस एचडी, एक्सन स्पोर्टस एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रशारण हुनेछ । अपरान्ह साढे ४ बजे सुरु हुने कार्यक्रममा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति दिइने मञ्चले जनाएको छ । पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ ।
- ADVERTISEMENT -
चार टेलिभिजनबाट स्पोर्ट्स अवार्डको प्रत्यक्ष प्रसारण
January 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -