–शिशिर सिंखडा
चितवन । पूर्वी चितवनको कालिका नगरपालिका २, स्वर्णिम टोल (रेडक्रसग्राम स्कुल पछाडी) एक महिला बेवारिसे अवस्थामा भेटिएकी छिन् । ५७ वर्षीया राधिका पन्त सो स्थानमा १० दिनदेखि भोकै वेवारिसे अवस्थामा रहेको बताइएको छ ।
पन्त विगत १० वर्षदेखि बेसहारा अवस्थामा हिँड्ने गरेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार मानसिक अवस्था भने स्वस्थ नै रहेको देखिने ती महिला कसैले दिए खाने, नभए नखाने गरेको छ ।
उनी कहिलेकाहिँ १ हप्तासम्म पनि केही खान नपाई चिसो भुइँमा नै रात बिताई रहेको बताइएको छ । ओढ्ने र ओछ्याउने कपडाको अभावमा उनको शरीर भने चिसोले सुन्निदै गएको छ । उक्त पीडित महिलाको लागि सम्बन्धित निकायको ध्यान जरुरी देखिएको छ ।
चिसोले कठ्याङ्ग्रिै बेवारिसे महिला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
