२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

पोग्वाको निर्णायक गोलले म्यानचेस्टर शीर्ष स्थानमा

प्रकाशित मिति : २०७७ पुष २९ गते
photo : google
- ADVERTISEMENT -

काठमाडौं / इ प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा म्यानचेस्टर युनाइटेड उक्लेको छ । पउल पोग्बाको निर्णायक गोल मद्दतमा मंगलबार राति भएको खेलमा बर्नलीलाई १–० गोलले पराजित गर्दै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो ।
बर्नलीको मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दोस्रो हाफमा एक मात्र गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।
जितपछि १७ खेलबाट ३६ अंक जोडेको युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले लिभरपुललाई ३ अंकले पछि पारेको हो ।
पराजित बर्नली १६ अंकका साथ १६औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाइटेडले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ ।

- ADVERTISEMENT -