२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी र कर्मचारीद्वारा अस्पतालको सेवा ठप्प

प्रकाशित मिति : २०७७ पुष २९ गते
Photo : google

वीरगन्ज / कोभिड १९ महामारीमा खटिए बापतको जोखिम भत्ता नपाएपछि बाराको कलैयास्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले मङगलबारदेखि अस्पतालमा धर्ना दिँदै आकस्मिक उपचार बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् । सरकारले कोभिड १९ महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी ,चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरिसकेको छ ।
सरकारले बैशाखमा जारी गरेको कोभिड १९ महामारीमा कोभिड संक्रमितको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिका अनुसार कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको केही प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ ।
तर कलैया जिल्ला अस्पतालका स्वस्थ्यकर्मी, चिकित्सक र कर्मचारी गरी उक्त जोखिम भता नपाएपछि धर्ना र अस्पतालका सेवा ठप्प गरेर आन्दोलन सुरु हुन् । अस्पताल प्रशासनको आलटाल र लापरवाहीका कारण कोभिड १९ मा खटे बापतको जोखिम भता अहिलेसम्म पनि नपाएकाले अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलन सुरु गरेको उनीहरुले बताएका छन् ।
पटक–पटक अस्पताल प्रशासनलाई जोखिम भता उपलब्ध गराइदिन हारगुहार गरेपनि अस्पतालले चाँसो नदेखाएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको कलैया अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा.रविरोशन गुप्ताले बताए ।
उनका अनुसार अस्पताल प्रशासन ,अस्पतालका मेडिकल सुपरिडेन्ट र अस्पताल विकास समितिको लापरवाहीका कारण जोखिम भता हालसम्म स्वास्थ्यकर्मी र कर्मचारीले पाउन नसकेका हुन् ।
उनले भने ,‘ भत्ताका लागि हामीले पटक पटक मौखिक आग्रह सम्बन्धित निकायमा गरेका थियौं, पुष २६ गते लिखित ज्ञापनपत्र नै मेसुलाई बुझाएका थियौ , तर हाम्रो मागको सुनुवाइ भएन अनि बाध्य भएर अब आन्दोलनमै उत्रिएका हौं।’
जोखिम भत्ता नपाएसम्म अस्पतालको सेवा ठप्प पारेर आन्दोलनलाइ जारी राख्ने उनले बताए । आन्दोलनरत स्वास्थ्यकर्मी र कर्मचारीका अनुसार कोभिड जोखिम भत्ता बापत उनीहरुले करिब ९० लाख रुपैयाँ पाउनुपर्ने बताएका छन्।
कलैया जिल्ला अस्पतालका मेडिकल सुपरिडेन्ट डा. सुनिल कुशवाहाले भने जोखिम भताको रकम मन्त्रालयबाटै नआएकाले वितरण गर्न नसकिएको बताए । उनले भने, ‘ म पनि भर्खर सरुवा भएर यहा आएको छु , अहिलेसम्म माथिल्लो निकायबाट भत्ताको रकम आएको छैन, अब यसबारेमा पहल गर्छु ।
बाराका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले भने कोभिड महामारीमा खटिएका अस्पतालका स्वास्थ्यकर्मी , चिकित्सक र कर्मचारीलाई कुन आधारमा कतिको दरले जोखिम भत्ता दिने भन्नेबारे अस्पताल नै जिम्मेवार भएको बताए ।
अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी भत्ताको भाग माग गर्दै आन्दोलनमा उत्रिएकाले यस विषयमा बुझ्ने काम सुरु गरिएको उनले बताए । (यो समाचार अन्नपूर्णपोष्टमा क्रान्ति शाहले लेखेका छन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91