निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बास्तविक भूमिहीनलाई लालपुर्जा दिने प्रस्ताब पारित : रत्ननगर आठौं नगर सभा

प्रकाशित मिति : २०७७ पुष २९ गते
- ADVERTISEMENT -

रत्ननगर / रत्ननगर नगरपालिकाको आठौं नगर सभाले बास्तविक भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्ने प्रस्ताब पारित गरेको छ । बुधवार सम्पन्न नगर सभाले भूमिहीनलाई लालपूर्जा वितरण सहित बजेट रकामान्तरको लागि कार्यपालिकालाई जिम्मेवारी दिने,मेयरसंग उद्यमशिलता कार्यक्रम सञ्चालनको लागि नेपाल बैंक संग गरेको सम्झौता लगायतका प्रस्तबा पारित गरेको हो ।
नगर सभामा मेयर नारायण वनले प्रस्तुत गरेको बास्तविक सुकुमबासीलाई मात्र लालपूर्जा वितरण गर्ने लगायतका प्रस्ताबमा नगर सभाका सदस्यहरुले सहमति जनाउदै एकमतका साथ पास भएको थियो । सभामा मेयर वनले कुनै लोभ लालचमा नपरी बास्तविका सुकुमबासी र भूमिहीनलाई मात्र लालपूर्जा वितरण गर्ने आफुले नगर सभाबाट म्याण्डेड पाएको भन्दै सोही अनुसार नै काम गर्ने बताए । सुकुमबासी र भूमिहीनलाई लालपूर्जा वितरणको लागि वडागत रुपमा फारम भर्ने काम भइरहेको भन्दै मेयर वनले अबको केही दिनमा लालपूर्जा सिरानीमा हालेर निदाउने सुकुमबासी समुदायको सपना पुरा गर्ने बताए । सो नगरपालिकाले कोरोनाको प्रभावका कारण चालु आर्थिक बर्षको छ महिनामा निवियोजित बजेट मध्य १८ दशमलब १२ प्रतिशत मात्र खर्च भएको जनाएको छ ।
छ महिनामा चालु खर्च २१ दशमलब ९२ प्रतिशत,पूँजिगत खर्च १३ दशमलब ४७ प्रतिशत खर्च भएको लेखा अधिकृत कृष्णप्रसाद सुबेदीले जानकारी दिए । चालु आर्थिक बर्षको ६ महिनाको अबधिका सो नगरपालिकाले ४० प्रतिशत राजश्व संकलन गरेको छ । नगर सभामा राजश्व परामर्श समितिकी संयोजक तथा उपमेयर विमला दुवाडीले प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक बर्षमा १० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको र पुस २८ गते सम्म ४ करोड १५ लाख ११ हजार रुपैया संकलन भएको जानकारी गराइन । कोरोना महामारीको कारण विकास निर्माणका काममा ढिलाई भएका कारण बजेट खर्च कम भएको उपमेयर दुवाडीले बताइन ।
उनले कोरोनाका कारण आर्थिक क्षेत्र घरासायी बनेका कारण राजश्व संकलन सन्तोषजनक हुन नसकेको बताइन । नगर सभामा उपमेयर दुवाडीले योजना अनुगमन तथा सुपरीबेक्षण समिति,न्यायिक समितिको प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन । नगर सभामा लेखा समितिका संयोजक लाल बहादुर भट्ट, विधायन समितिका संयोजक तिलकशर्मा पौडेल,पूर्वाधार निर्माण समितिका संयोजक हरिकुमार श्रेष्ठ, विपद् वन तथा वातावरण समितिका संयोजक बलराम दाहाल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगर सभामा मेयर नारायण वनले नगरपालिकाको अगुवाइमा नगर भित्र गौरबका योजनाहरु निर्माण भइरहेको बताए ।
उनले नगरको गौरब योजना अन्तर्गत सम्भावित दुर्घटना न्यूनीकरण र बजारलाई व्यवस्थित गर्न टाँडीचोकमा आकासेपुल निर्माणकार्य सम्पन्न भइसकेको र अबको केही दिनमा उद्घाटन गरी सञ्चालनमा ल्याउने बताए । सौराहाको पर्यटनको विकासको लागि सौराहामा एक हजार ५०० अट्ने सिटीहल र वडा नं ९ मा होम स्टे सहितको इको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।
चितवनमा थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न टिकौलीचौरमा कृष्णसार ल्याउन प्रक्रिया सुरु भइसकेको भन्दै उनले पशुपालनलाई व्यवस्थित गर्न टिकौलीमै पशुपंछी हाटबजार निर्माणाधिन अबस्थामा रहेको बताए । मेयर वनले नगरको शिक्षालाई अर्थपूर्ण बनाउन पाँच वटा सामुदायिक विद्यालय प्राविधिक शिक्षा सञ्चालन गरेको जानकारी दिए । नगर सभामा प्रस्तुत भएका योजनाहरु सर्बसम्मत रुपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48