काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले विश्वकै सर्वोच्च शिखर सगरमाथासम्बन्धि भारतीय पत्रकारले गरेको टिप्पणी हावादारी र उडन्ते भएको बताएका छन् । बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत् उनले उक्त टिप्पणी अनुपयुक्त भएको बताएका हुन् । ‘सगरमाथा सम्वन्धि एक भारतीय पत्रकारको टिप्पणी हावादारी,उडन्ते र अनुपयुक्त छ,’ थापाले ट्विटरमा लेखेका छन् ।
भारतीय टेलिभिजन च्यानल जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले सगरमाथा आधार शिविर पुगेर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका थिए । भारतीय गणितज्ञ राधानाथ सिकदरले माउन्ट एभरेस्टको उचाइ नापेको बताउँदै उक्त शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्ने समेत बताएका थिए । त्यसअघि सोमबार सुधिर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तर्वार्ता लिएका थिए ।
‘सगरमाथासम्बन्धि भारतीय पत्रकारको टिप्पणी हावादारी’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
