चितवन / पुल्चोकको न्यूरोडमा नमस्ते ट्रेडिङ हाउसको दोस्रो शाखा सुरु गरिएको छ । बन्दिपुरमा बजारमा मुख्य कार्यालय रहेको हाउसको ग्राहकको सुविधालाई मध्यनजर गरी पुल्चोको न्यूरोडमा शाखा सुरु गरिएको संचालक गोपाल अधिकारीले जानकारी गराए ।
हाउसमा गाडीका बैट्री, इनभर्टर, मोटसाइकलका बैट्री, लुब्रिकेन्ट्स आइटमलगायतका सामग्रीहरु सहुलियत दरमा उपलब्ध हुने संचालक अधिकारीले बताए । न्यूरोडमा शाखा खोलिएसँगै चिम्नी, वाटर प्युरिफायर, सोलार थप बिक्री गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
संचालक अधिकारीका अनुसार शाखा हाउसमा अहिले २० लाख लगानी गरिएको र पछि अवस्थालाई मध्यनजर गर्दै थप गर्दै लगिनेछ ।