२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

‘मास्टर’ले पहिलो दिनमै कमायो ४२ करोड

प्रकाशित मिति : २०७७ माघ २ गते
- ADVERTISEMENT -

काठमाडौं / तमिल चलचित्र ‘मास्टर’ले पहिलो दिनमै ४२ करोड भारु कमाइ गरेको छ । भारतमा सिनेमा हल ५० प्रतिशतमात्र सिट खुलेको अवस्थामा पनि पहिलो दिनमै ४२ करोड भारु कमाइ गर्न सफल भएको हो ।
सिनेमाघर १०० प्रतिशत सिट खुला गरिएको भए यस फिल्मले बाहुबली–२ लाई छाडेर भारतमा बनेका सबै चलभित्रको पहिलो दिनको कमाईको रेकर्ड तोड्ने थियो ।
प्रभास र राणा दग्गुबती स्टारर बाहुबली २ ले पहिलो दिन भारतमा १२१ करोड भारु कमाई गरेको थियो । यसमा ४१ करोड हिन्दी भर्सन र ८० करोड तमिल, तेलुगु र मलालयम भर्सनले कमाई गरेको थियो ।
बलिउडमा भने अहिलेसम्म सबैभन्दा बढी ऋतिक रोशन र टाइगर श्राफ स्टारर वारले सबैभन्दा बढी कमाईको ओपनिङ गरेको थियो । सन् २०१९ मा आएको उक्त फिल्मले ५३.३५ करोड भारु कमाएको थियो ।
यदि १०० प्रतिशत चलचित्र हलमा सिट राख्न पाएको भए मास्टरले भारतका सबै फिल्मको रेकर्ड तोड्ने थियो । सन् २०१८ मा आएको २.० ले पहिलो दिन ७३.५ करोड भारु कमाएको थियो । साहोले ६८ करोड कमाएको थियो ।
थलापति विजय र विजय सेतुपतिको यो एक्सन थ्रिलर फिल्म मास्टर जनवरी १३ मा हलहरुमा लाग्न थालेको हो । तर यो फिल्मको रिमेक बलिउडमा बन्ने भइसकेको छ । निर्देशक लोकेश कनगराजले मास्टरको बलिउडमा हिन्दी रिमेक बनाउने भएका छन् ।
बलिउडमा मास्टरको रिमेक कबिर सिंहका निर्माता मुराद खेतानी आफ्ना निर्माता सहकर्मी एन्डेमोल शाइनसँग मिलेर बनाउने भएका छन् ।

- ADVERTISEMENT -