January 24, 2025
- ADVERTISEMENT -

पौडेललाई महासचिवबाट हटाइने निर्णय : नेकपा

January 15, 2021
photo : google

काठमाडौँ / नेकपाको बहुमत पक्षले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पौडेललाई महासचिव पदबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पार्टीबाट निष्काशन गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
असंवैधानिक गतिविधिलाई निरन्तरता दिएकाले प्रधानमन्त्री ओलीलाई किन पार्टीबाट नहटाउने भन्ने विषयमा स्पष्टीकरण लिने निर्णय भएको श्रेष्ठले बताए। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित छ । दुवै समूहले आफूलाई वैधानिक भएको दाबी गरेका छन् । बहुमत पक्षले पुस ७ को केन्द्रीय कमिटी बैठकको निर्णयबाट ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको छ ।
बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ भने प्रदेश १ को सहइन्चार्जमा सुरेन्द्र कार्की, जयन्ती राई र राजेन्द्र राईलाई चयन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -