Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

परराष्ट्रमन्त्री ज्ञवाली भारत पुग्दा नेपालको चुच्चे नक्सा गायब

प्रकाशित मिति : २०७७ माघ ३ गते
Photo : Temal

काठमाडौं / भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सम्मिलित कार्यक्रमको व्यानरमा नेपाल नक्सा गायब भएको छ । सीमा विवादको बिषय टुंग्याउने भन्दै भारत छिरेका परराष्ट्रमन्त्री ज्ञवाली नक्सा नै परिवर्तन गरेर आफैलाई गिज्याएका छन् । फोटोमा गोलो पारिएको ठाउँ राम्रोसँग हेरेपछि ओलीको राष्ट्रवाद उदांगिएको छ । यसबाट प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी हो भन्ने कुरा प्रमाणित हुन्छ ।
तीन दिने भारत भ्रमणमा रहेका नेपालका ज्ञवालीले भुमी फिर्ता गर्ने निर्णय भारतलाई गराउलान भनेर पर्खेका नेपाली उनले सम्बोधन गर्ने एक कार्यक्रमको ब्यानरमा चुच्चे नक्सा नदेखिएपछि तर्सिएका छन् ।
नेपाल–भारतको विवाद समाधानका लागि बिहीबार भारत प्रस्थान गरेका ज्ञवाली सहभागी भएको एक कार्यक्रमले नेपालीहरुलाई खल्लो महसुस भएको छ । शुक्रबार इण्डियन काउन्सिल अफ वल्र्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले मिठा कुरा गरिरहँदा । पछाडि राखिएको ब्यानरमा देखिएको नक्साले भने ज्ञवालीको बोली बन्द गरिदियो ।
जति मिठा गफ गरेपनि नक्सामा देखिएको त्यो दृश्य सामान्य भने थिएन । जुन भूमि फिर्ताको लागि वार्ता गर्न उनि भारतमा गएका थिए त्यहि भूमिको नक्साले उनलाई कुरीकुरी गर्दै थियो । भारतले आफ्नो दाबी गरेको तर पछिल्लोपटक नेपालले आफ्नो नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय परराष्ट्र मन्त्रीस्तरको बैठकमा टुंगोमा पुग्छ भन्ने आम अपेक्षा थियो ।
उनी उभिएर मिठो भाषण छाँटीरहँदा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नै गायव भयो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्सा राख्नुको सट्टा पुरानै नक्सा राखिएको थियो ।
नेपाल सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो । जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् । संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23