July 13, 2024

तराईमा आज पनि बाक्लो हुस्सु : उत्तरी बंगलादेशको प्रभाव

January 17, 2021
photo : google

काठमाडौं / मौसम पूर्वानुमान महाशाखाले आज आइतबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यसतै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -