February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौँडाका ६ जना एकल महिला सम्मानित

January 17, 2021

मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १६ ले ६ जना एकल महिलाहरुलाई सम्मान गरेको छ ।
आफैँमा आत्मनिर्भर भई छोराछोरी हुर्काउँदै आएका वडाका ६ जना एकल महिलाहरुलाई रु १० हजार नगदसहित कार्यालयले सम्मान गरेको हो ।
वडा कार्यालयले पाँच जना महिलालाई सम्मान गरेको हो भने थप एक जना महिलालाई वडा अध्यक्ष रामकृष्ण कोइरालाको व्यक्तिगततर्फबाट सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा वडाका उर्मीला घिमीरे, यशोधा घिमीरे, सरला बानियाँ, इन्दिरा भुजेल, सिता बलामी र अम्बिका बास्ताकोटी रहेका छन् ।
त्यस्तै सोही दिन मानव अधिकारका लागि महिला, एकल महिला वडा स्तरिय समुह समेत गठन गरिएको छ । उक्त समूहको अध्यक्षमा देविका रखाल मगर चयन भएकी छिन् ।
त्यसैगरी उपाध्यक्षमा सिता बलामी, सचिवमा सरला बानियाँ र कोषाध्यक्षमा इन्दिरा भुजेल चयन भएका छन् । सदस्यहरुमा अम्बिका बास्ताकोटी, शान्ति घलान, नानीमैयाँ श्रेष्ठ, उर्मिला घिमीरे, सुकुमाया वाइवा, सकुनी रुम्बा र संगिता सापकोटा ले जिम्मेवारी पाएका छन् ।
कार्यक्रम वडा अध्यक्ष कोइरालाको प्रमुख आतिथ्यता र समूहका जिल्ला अध्यक्ष टिका पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -