March 19, 2025
- ADVERTISEMENT -

चितवनका दुई महिला पत्रकार सम्मानित

January 17, 2021
कालिका एफएमकी सम्वाददाता प्रतिमा कुमाल (बायाँ) र हल्कारो समाचार डटकमकी सम्वाददाता सुरक्षा न्यौपाने (दायाँ) ।

चितवन / चितवनका दुई महिला पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेमा हल्कारो समाचार डटकम अनलाइनकी पत्रकार सुरक्षा न्यौपाने र कालिका एफएमकी तथा टेलिभिजनकी पत्रकार प्रतिमा कुमाल सम्मानित भएकी हुन् ।
महिला पत्रकारद्वय न्यौपाने र कुमाललाई जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार प्रहरी प्रमुखको भवन उद्घाटन कार्यक्रमबीच सम्मान गरिएको हो । समुदाय प्रहरी साझेदारी अन्तर्गत चितवन प्रहरीको पुस महिनामा संचालन गरेको ‘सय थान सय साझेदारी’को सक्रियताको लागि उनीहरु सम्मानित भएका हुन् ।
उनीहरुले सुरक्षित समाजको निर्माण गर्ने प्रहरी कार्यमा सचेतनामूलक सत्यतथ्य खबर सम्प्रेषण गरेकी हुन् । पत्रकारद्वय न्यौपाने र कुमाल पछिल्लो समय सक्रिय महिला पत्रकारको रुपमा कार्यरत रहेकी छिन् ।

- ADVERTISEMENT -