February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा संक्रमित ३२२ थप, निको ३७४ जना

January 18, 2021
MERS virus, Meadle-East Respiratory Syndrome coronovirus, 3D illustration

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ८१८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ६५ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ ।

- ADVERTISEMENT -