मकवानपुर / बागमती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कृषि बन विश्वविद्यालय रामपुर चितवनकोबीच (बायो सेफ्टी लेबल बिएसएल टु प्लस) प्रयोगशाला स्थापना गर्न सहमति भएको छ ।
उक्त प्रयोगशाला स्थापना गर्ने सम्बन्धमा सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको तर्फबाट सचिव मतिना बैद्य र कृषि बन विश्वविद्यालय चितवनका रजिष्ट्रार डा.शारदा थपलियाबीच सहमति भएका हुन् ।
सो समारोहलाई कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषि उत्पादन र पशुपालन गर्ने कृषकलाई प्रोत्साहन गर्न मन्त्रालयले कृषि बन विश्व विद्यालयलाई प्रयोगशाला स्थापना गर्न बजेट विनियोजित गरिएको बताए ।
मन्त्री लामाले मुलुकमा राजनीतिक घटनाक्रममा सरकार परिवर्तन हुने हल्ला चलिरहन्छ । तर, स्थायी सरकारका निजामती उच्च पदस्थ कर्मचारीहरुले जनताको लागि सेवाभावले काम गर्नुपर्ने बताए ।
सो कार्यक्रममा कृषि बन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीले कृषि बन विश्वविद्यालयले विद्यार्थीहरुलाई उच्च शिक्षाको अध्ययनको क्रममा पशुपन्छिलाई लाग्ने विभिन्न सरुवा रोगको अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोगशाला आवश्यक रहेको उल्लेख गरे ।
यसैगरी, कार्यक्रममा कृषि, बन विश्वविद्यालयका रजिष्ट्रार डाक्टर शारदा थपलियाले मानवीय सेवाको साथै जडिबट्टी, कृषि उत्पादन र पशुपंक्षीलाई लाग्ने रोगको उपचारको क्रममा विद्यार्थीहरुलाई दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकार र कृषि विश्व विद्यालयबीच सहकार्य अत्यन्तै आवश्यक रहेको बताइन् ।
कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयका सचिव मतिना बैद्यले प्रदेश सरकारले आगामी २ बर्षभित्र उक्त प्रयोगशाला निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ डिपिआर तयार गरिसकेको र अब छिट्टै बोलपत्र आह्वान गर्ने मन्त्रालयले तयारी गरिरहेको बताइत् ।
उक्त बायो सेफ्टी प्रयोगशालाको डिपिआर तयार हुँदा करिब १६ करोडको लागत देखिएको भएपनि कृषि, भूमि व्यवस्था र सहकारी मन्त्रालयले यसै चालु आर्थिक वर्षभित्रै रु ३ करोड बजेट विनियोजित गरी उक्त प्रयोगशालालाई हस्तान्तरण गर्ने तयारीमा रहेको र आगामी २ बर्षभित्र निर्माण सम्पन्न गर्न र आवश्यक थप बजेटको व्यवस्थापन मिलाइने पनि प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर शरणकुमार पाण्डेले जानकारी दिए ।
सेफ्टी लेबल बिएसएल टु प्लस प्रयोगशाला स्थापना गर्न सहमति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.88
151.48

European Euro
1
177.54
178.25

UK Pound Sterling
1
205.30
206.12

Swiss Franc
1
193.82
194.59

Australian Dollar
1
109.18
109.61

Canadian Dollar
1
110.56
110.99

Singapore Dollar
1
119.01
119.49

Japanese Yen
10
9.62
9.66

Chinese Yuan
1
22.18
22.27

Saudi Arabian Riyal
1
40.22
40.38

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.08
41.25

Malaysian Ringgit
1
38.48
38.63

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.39
16.46

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.27
19.35

Kuwaity Dinar
1
492.75
494.71

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.89
393.45












