एजेन्सी / भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।
नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन।
सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताए।
यसबारेमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल भएन।
भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो।
अघिल्लो साता नेपालको नियामक निकायको अनुमति
अघिल्लो साता नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।
भारतले चरणबद्ध रूपमा अति अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आइएको भन्दै अरू साझेदार देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ।
विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ।
हालै नेपालले झण्डै ६० लाख मानिसहरूका लागि कोभिशिल्ड खोप भारतबाट खरिद गर्ने इच्छा जाहेर गरेको छ।
त्यसका लागि सघाउन भारत सरकारलाई औपचारिक रूपमा नै अनुरोध गरिएको भएपनि खोप खरिदबारे ठोस निर्णय आइसकेको देखिदैँन। –बीबीसीडटकम ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भारतले बुधवारबाट नेपालसहितका देशलाई कोरोनाभाइरस खोप उपलब्ध गराउने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












