June 14, 2024

चितवनको राप्तीमा बस र ट्रक ठोक्कियो, एकको मृत्यु

January 20, 2021

चितवन / पूर्बि चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ कालिका पेट्रोल पम्प नजिक मंगलबार राती बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षिय चन्द्र वहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका आनुसार काठमाडौंबाट काँकडभित्ता तर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र बिपरित दिशाबाट आईरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो ।
ठक्करबाट घाईते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको हो । राती ११ वजे भएको दुर्घटनामा परि बसका सह चालक रौतहट चपुर ४ बस्ने ४९ वर्षिय बिनोद शर्मा संग्रौला र ट्रकका सह चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ का सुनिल कुमार साह घाईते भएका छन् । घाईतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
उनीहरुको अबस्था मध्येम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर खाने ट्रकका चालक भने इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -