२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

पूर्वी चितवनमा ‘अन द स्पट’ नम्बर लेखाई

प्रकाशित मिति : २०७७ माघ ७ गते
- ADVERTISEMENT -

चितवन / सवारी दुर्घटना न्यूनीकरण र अनुसन्धानका लागि पूर्वी चितवनमा ‘अन द स्पट’ नम्बर लेख्ने कार्यक्रम थालिएको छ । पूर्वी चितवन एरिया भएर चल्ने ट्रक, टिप्पर र ट्याक्टरमा नम्बर प्लेट चेक जाँच गरी नम्बर अस्पस्ट भएका र नम्बर नै नभएका ४० वटा सवारी साधनहरुलाई स्पटमा नै नम्बर लेख्न लगाई ट्राफिक नियम बमोजिम आवश्यक कारवाही समेत गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए ।
सवारी साधनको आवतजावत गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको कारण सवारी दुर्घटनामा समेत बृद्धि हुन लाग्दा नागरिक सचेतना तथा ट्राफिक व्यवस्थापन गर्न विभिन्न अभियान चलाउदै आएको प्रमुख भट्टले बताए ।
सवारी दुर्घटना न्युनीकरण गर्न आउने ट्राफिक प्रहरीले विशेष योजना बनाएर काम गरिरहेका कारण सवारी दुर्घटनामा कमी आउने उहाको भनाइ छ ।

- ADVERTISEMENT -