२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

राष्ट्रिय महिला लिग फुटबल दशरथ रंगशालामा सुरु 

प्रकाशित मिति : २०७७ माघ ७ गते
- ADVERTISEMENT -

काठमाण्डौ / राष्ट्रिय महिला लिग फुटबल आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आजबाट लिग सुरु हुन लागेको हो । आजको खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र पुलिसबीचको उद्घाटन खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई निः शुल्क प्रवेशको सुविधा दिएको छ ।उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।तीन विभागीय टोली (शसस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो ।
यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिग पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ । यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

- ADVERTISEMENT -