चितवन / चितवनका तीन जना प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको दायरामा ल्याएको छ । पार्किङ निषेध तथा रोक्न निषेध गरेको स्थानमा पार्किङ गरेवापत अटो रिक्सा, म्याजिक भ्यानलगायतको सवारीचालकहरुसँग रकम लिएको आरोपमा तीन जना प्रहरीलाई वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बेलुका उनीहरुलाई नारायणगढको पुलचोकबाट नियन्त्रणमा लिइएकोे छ । त्यसरी रकम संकलन गर्नेमा दुईजना ट्राफिक प्रहरी र एकजना जनपथ प्रहरी रहेका छन् । टोलीले पसल संचालकलाई समेत नियन्त्रणमा लिइएको छ ।
सावरी साधन चालकहरुले पुलचोकको एक पसलमा रकम जम्मा गर्ने र बेलुका उक्त पसलबाट प्रहरीले रकम लिने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको वाग्मती प्रदेश प्रहरी कार्यालयकी प्रहरी बरिष्ठ उपरीक्षक मिरा चौधरीले जानकारी दिइन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको चौधरीको भनाइ छ ।
- ADVERTISEMENT -

चितवनका ३ जना प्रहरी घुस लिएको आरोपमा पक्राउ
January 20, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
